चार निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा (सूचीसहित)

चार निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा (सूचीसहित)


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ४ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी ४ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । ४ निर्माण कम्पनी तथा व्यवसायीहरूलाई डेढदेखि २ वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

‘कालो सूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन सक्ने छैनन्,’ सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।