सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको छ । बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो । हरेक सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने परम्परा छ ।

गत आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए भने सोमबार शपथग्रहण तथा पदभार सम्हालेका थिए । ओली मन्त्रिपरिषद्को यो दोस्रो नियमित बैठक हो ।