काठमाडौं । तीन विपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका हुन् ।
ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए ।
प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।
बैठकले ओलीलाई संबिधानको व्यवस्था विपरित प्रधानमन्त्रीमा नियुक्त गरिएको निष्कर्ष निकालेका छन् ।
उपमहासचिव पुनले संविधान मिचेर सरकार गठन भएको बताउदै यस बारे संसदमा कुरा उठाउने बताए । उनले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा धारा ७६ को उपधारा २ बाट नै सरकार गठनको आह्वान संविधान विपरीत रहेको पुनले बताए ।
उपमहासचिव पुनले संविधान मिचिएकोसहित भ्रस्टाचारका विषयहरु संसदमा सशक्त रूपमा उठाउने बताए ।


प्रतिक्रिया