नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दैछ । कांग्रेसले आज १२ बजे बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो । बैठक संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वर काठमाडौंमा हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस(एमाले गठबन्धनको सरकारले संसदमा दुई तिहाई बहुमत पुर्याउने कसरत गरिरहेका छन् ।
यता, रास्वपाको कार्यालयमा ११ बजे संसदीय दलको बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने उक्त पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिइन ।
सदनमा प्रतिपक्षी दलको भूमिकामा रहने पार्टीले आफ्नो प्रभावकारिताका बारेमा पनि छलफल गर्ने उनले बताइन । प्रतिनिधिसभामा रास्वपाका २१ जना सदस्य छन् ।


प्रतिक्रिया