चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गएको आर्थिक वर्ष १५ प्रजातिका ७६ वटा जनावर मरेका छन् । मर्नेमध्ये सबैभन्दा धेरै चित्तल रहेका छन् । कुकुरको आक्रमणबाट दुई र प्राकृतिक कारणले २२ गरी २४ वटा चित्तल मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
यस्तै एक वर्षमा २१ वटा गैँडा मरेका छन् । १८ वटा गैँडा प्राकृतिक कारणले, दुई वटा चोरी शिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए ।
यसैगरी प्राकृतिक कारणले आठ वटा बाघ मरेका छन् । यस्तै चार वटा हात्ती मरेका छन् । गएकाे वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै एक सय ४१ वटा अजिङ्गर रहेका छन् ।
प्रतिक्रिया