नेप्सेमा दोस्रो पटक सकारात्मक सर्किट, थप ४० मिनेटका लागि कारोबार बन्द

नेप्सेमा दोस्रो पटक सकारात्मक सर्किट, थप ४० मिनेटका लागि कारोबार बन्द



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो पटक सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै पहिलो पटक कारोबार २० मिनेटका लागि बन्द भएको थियो । २० मिनेटपछि खुलेको कारोबार ५ प्रतिशत बढेपछि फेरी ४० मिनेटका लागि सर्किट लागेको छ ।

अब १ प्रतिशत बढेमा आजको लागि कारोबार बन्द हुनेछ । एक कारोबार दिनमा ६ प्रतिशत परिसूचक घटेमा वा बढेमा त्यो दिनको लागि कारोबार बन्द हुने नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको हो ।