काठमाडौं । निर्वाचन आयुक्तका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका कृष्णमान प्रधानकाे नाम संसदीय समितिबाट अस्वीकृत भएकाे छ । साेमबार साँझ बसेकाे समितिकाे बैठकले प्रधानकाे नाम अस्वीकृत गर्ने निर्णय गरेकाे हाे ।
यसअघि आजै प्रधानले आफूमाथि लागेका आराेपका कारण सिफारिस भएकाे पदमा रहने हाैसला र इच्छा नरहेकाे भन्दै समितिमा निवेदन दर्ता गरेका थिए ।
प्रधानले नै नाम फिर्ता लिएपछि संसदीय सुनुवाइ समितिले आयोगको आयुक्तमा उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो ।
प्रधानका विरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको चारवटा उजुरी परेको थियो ।
उजुरीकर्ताले समितिमा आएर प्रधानले आइएनजिओमा जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटक-पटक शारीरिक सम्बन्ध राखेको र आफूले दिएको जाहेरी प्रहरीले नलिएको बताएकी थिइन् ।
ती उजुरीकर्ताले यौन दुर्व्यवहारविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे पनि एक करोड २५ लाख रुपैयाँमा मिलापत्र गरेकी थिइन् ।
यौन दुर्व्यवहारको मुद्दामा मिलापत्र गरेका प्रधानलाई उच्च नैतिक चरित्र आवश्यक हुने निर्वाचन आयोगमा नियुक्ति गर्न नहुने संसदीय सुनुवाइ समितिका सांसदहरूकाे अडान थियाे ।
प्रतिक्रिया