काठमाडौँ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिकी नवनिर्वाचित सभापति कुसुमदेवी थापामगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । बुधबार सभामुख देवराज घिमिरेले सभापति थापामगरलाई शपथ ग्रहण गराएका हुन् ।
समितिकी यसअघिकी सभापति डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि रिक्त सभापति पदमा थापामगर निर्विरोध चयन भएकी थिइन् । शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले समितिका काम कारबाहीलाई चुस्त बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।
प्रतिक्रिया