काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक लेखा समितिलाई आवश्यक विवरणहरू नै उपलब्ध गराइएको बताएका छन् ।
ड्रेडिकेटेड तथा ट्रंक लाइनको महसुलसँग सम्बन्धित डकुमेन्टसँगै सर्पोर्टका अन्य विवरणहरू पनि समितिमा पठाउँदा केही धेरै हुन पुगेको उनले बताएका छन् ।
आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा लेखा समितिमा अनावश्यक समेत रहेका एक ट्रक बिल किन पठाउनु भयो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।
उनले सबै सम्बन्धित र सपोर्टिङ डकुमेन्ट भएकाले अनावश्यक भन्न नमिल्ने पनि बताए । तर, लेखा समितिले भने प्राधिकरणबाट प्राप्त भएको कागजातहरु छानेर लिने र बाँकी फिर्ता पठाइदिने बताइसकेको पनि उनले बताएका छन् ।
प्रतिक्रिया