१८ वर्ष मुनिका पौने ३ लाख बालबालिका विदेशमा

१८ वर्ष मुनिका पौने ३ लाख बालबालिका विदेशमा


ग्लोब नेपाल
540
Shares

काठमाडौं । २०७८ सालको जनगणना अनुसार नेपालबाट २१ लाख ९० हजार ५ सय ९२ नेपाली नागरिक अक्सर विदेश बसोबास गरिरहेका छन । तीमध्ये पौने ३ लाख बालबालिका रहेको तथ्याङ्कमा उल्लेख गरीएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको बालबालिका सम्बन्धी तथ्यांक अनुसार अक्सर विदेश बसोबास गर्ने जनसंख्याको १२.६ प्रतिशत बालबालिका रहेको उल्लेख गरिएको छ ।

विदेशमा बसोबास गर्ने कुल पुरुषमध्ये ११.१ प्रतिशत बालक र कुल महिलामध्ये १९.१ प्रतिशत बालिका छन् । यसरी बालबालिका विदेशिनुमा अभिभावकसँग विदेश गएको वा अध्ययन तथा कामको सिलसिलामा गएको पाइएको छ ।

विदेशमा गएकामध्ये कति जना भारत र अन्य मुलुकमा गएका हुन भन्ने चाहिँ खुलेको छैन । धर्मपुत्रपुत्रीका रूपमा गएकाको समेत तथ्यांक समावेश गरिएको छैन ।