सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन सुरु



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आइतबारदेखि सुरु भएको छ । आइतबारको बैठक ८ मिनेट २५ सेकेन्ड बसेर सकिएको छ ।

सो अवसरमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सामयिक राजश्व सङ्कलन सम्बन्धी व्यवस्था गर्न बनेको पारित अध्यादेश २०८१ प्रदेश सभामा टेबुल गरे ।

सो अवसरमा बोल्दै उनले राजनीतिक परिस्थिति परिवर्तन भएर बजेट पारित नभएकोले सो अध्यादेश जारी गर्नु परेको स्पष्टीकरण दिए । प्रदेश सरकारले बिहीबार सो अध्यादेश जारी गरेको थियो ।

बैठकको सुरुवातमै समय लिँदै नेपाली कांग्रेसबाट निर्वाचित जुना दानीले बाजुरामा पहिरोले परेको क्षति बारे जानकारी गराउँदै उचित क्षतिपूर्ति र घाइतेको उपचारको लागि प्रदेश सरकारले ध्यान दिनु पर्ने बताए । उनले वर्षाका कारण साँफे–मार्तडी र मार्तडी–कोल्टी सडक अवरुद्ध भएकोले चाँडै सञ्चालन गर्न आग्रह गरे ।