काठमाडौं । स्थानीय तहका रिक्त स्थानमा निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगका प्रवक्ता रघुराम विष्टले मंगलबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति तोकिनुपूर्व नामावलीमा नाम नभएकालाई दर्ता गर्न आग्रह गरेका हुन् ।
“विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोमबार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको थियो ।
गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको प्रवक्ता रघुराम विष्टले जानकारी दिए ।
रिक्त पदहरूको पदावधि एक वर्षभन्दा बढी समय बाँकी रहँदा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा पदपूर्ति गरिने व्यवस्था छ ।
निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता कार्य स्थगन गरिन्छ । आयोगले उपनिर्वाचन हुने स्थानका मतदातालाई त्यसअघि नै नाम दर्ता गर्न आह्वान गरको हो ।
रिक्त स्थानको सूची :
प्रतिक्रिया