नेपालगन्ज । भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा डेंगुको जोखिम बढ्दै गएको छ । गत आर्थिक वर्षमा जिल्लामा ९४ जना बिरामीमा डेंगु पुष्टि भएपछि यो जिल्ला डेंगुको जोखिममा रहेको पाइएको हो ।
आर्थिक बर्ष २०८०–८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा मात्र ९४ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क सार्वजनिक गर्दै स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन दुर्गा गौतमले सबैभन्दा बढी रोगी कोहलपुर नगरपालिकामा भेटिएको बताए ।
स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा ४५, खजुरा गाउँपालिकामा ३६, नेपालगन्ज उपमहानगरमा १२ र बैजनाथ गाउँपालिकामा १ जनामा डेंगु पुष्टि भएको थियो ।
यसबर्ष चार जिल्ला बाहेक सबै जिल्लामा डेंगु संक्रमित फेला परिसकेको जनाउँदै हिमाल, पहाड र तराईका जिल्लामा निरन्तर डेंगु संक्रमित फेला परिरहँदा त्यसको नियन्त्रण चुनौती बनिरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया