दीपेश पुनसँग सहकारी सम्बन्धि संसदीय छानबिन समितिले लियो बयान

दीपेश पुनसँग सहकारी सम्बन्धि संसदीय छानबिन समितिले लियो बयान



काठमाडौँ । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा आरोपी रहेका दीपेश पुनसँग संसदीय छानबिन समितिले बयान लिएको छ ।

शुक्रबार सिंहदरबारमा रहेको समितिको कार्यालयमा समितिले पुनसँग बयान लिएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका हुन् । पुन पुर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा हुन् ।

सुप्रिम सहकारी ठगि प्रकरणमा प्रहरीले अदालतमा दायर गरेको २८ जना प्रतिवादीको सूचीमा पुनको पनि नाम रहेको छ । 

सुप्रिम सहकारीबाट गोरखा मिडियामा गैरकानुनी ढंगले कर्जा प्रवाह भएको पाइएको छ ।

समितिले निरन्तररूपमा सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपितहरूसँग बयान लिइरहेको छ । यसअघि केही आरोपितलाई कारागारबाट झिकाएर समितिले बयान लिएको थियो ।

समितिका संयोजक थापाले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिनको तथ्यमा पुग्नका लागि सबै पक्षसँग निरन्तर छलफल र बयान लिने काम भइरहेको बताए ।

गएको जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।