राष्ट्रियसभामा पेस भयो टीआरसी विधेयक

राष्ट्रियसभामा पेस भयो टीआरसी विधेयक



काठमाडौं । संक्रमणकाली न्यायसम्बन्धी विधेयक आइतबार राष्ट्रियसभामा पेस भएको छ । प्रतिनिधिसभा पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएको हो ।

आइतबारको राष्ट्रियसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका छन् ।

राष्ट्रियसभाबाट यो विधेयक पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नेछन् । ऐन संशोधन भएपछि दुवै आयोगमा पदाधिकारी नियुक्त गरी काम अगाडि बढाइनेछ ।

यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ। विधेयकमाथि सांसदहरूले धारणा राखिरहेका छन् ।