बाल्टिमोरमा चौथो साथी कप क्रिकेट प्रतियोगिता हुँदै

बाल्टिमोरमा चौथो साथी कप क्रिकेट प्रतियोगिता हुँदै


ग्लोब नेपाल
621
Shares

बाल्टिमोर,अमेरिका। विगत चार वर्षदेखि हुँदै आइरहेको साथी कप क्रिकेट प्रतियोगिता यस वर्ष पनि हुने भएको छ। टुर्नामेन्टको अधिकांश तयारी पुरा भएको आयोजक संस्था साथी बाल्टिमोरले जनाएको छ। प्रतियोगिता यही अगष्ट ३१ देखि सेप्टेम्वर २ तारिखसम्म बाल्टिमोर नजिकको एक कलेजस्थित क्रिकेट मैदानमा हुनेछ। यस वर्षको प्रतियोगितामा भाग लिन मेरिल्याण्ड,भर्जिनिया, बोष्टन, न्यूयोर्क र पेन्सिलभेनियाका विभिन्न १२ टीमले रजिष्ट्रेशन गरेका छन्। पेन्सिलभेनियाको टीम ह्यारिशवर्ग गोरखा गत वर्षको विजेता टीम पनि हो।

१२ टोलीलाई चार समूहमा विभाजन गरेर खेलाइने छ । समूह ‘ए’ मा एभरेष्ट लाइवन, हिमालयन नोभा र युनाइटेड क्रिकेट टिम रहेका छन् । समूह ‘बी’ मा म्यारिल्यान्ड क्रिकेट क्लब, फार वेस्टेन सीसी र साथी बाल्टिमोर सीसी रहेका छन् ।

यसैगरी समूह ‘सी’ मा बाल्टिमोर एथलेटिक्स क्लब, बोस्टन अलस्टार र रातो भाले छन् भने समूह ‘डि’ मा ह्यरिसवर्ग गोर्खा, हिमालय किङ्गस र विनचेस्टर युनाइटेड रहेका छन् ।

अमेरिकामा रहेका नेपाली मूलका युवा पुस्ताका माझ क्रिकेट लोकप्रिय खेल हो। यसको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै खेलकूदको माध्यमबाट युवाहरुलाई जोड्ने उद्देश्का साथ टुर्नामेन्टको आयोजना गर्न थालेको साथी बाल्टिमोरका संस्थापक मध्येका एक प्रबीन खड्काले जानकारी दिएका छन्। ‘हामी युवाहरुलाई जोड्दै बाल्टिमोरमा क्रिकेट मैदान निर्माणका लागि काम गरिरहेका छौं,यसकै अर्को शृंखला यस वर्षको टुर्नामेन्ट पनि हो’ खड्काले भने। साथी बाल्टिमोरले यस वर्षको टुर्नामेन्ट नेपालको टी २० विश्वकप क्रिकेट टीमका लागि समर्पित गरेको छ। नेपालको टी २० राष्ट्रीय क्रिकेट टीम केही पहिले अमेरिकामा टी २० विश्वकप प्रतियोगितामा सहभागी भएको थियो ।

चार वर्ष पहिले स्थानीय आठ टीमबाट सुरु गरेको साथी बाल्टिमोरको यो क्रिकेट टुर्नामेन्टमा यस वर्ष १२ टीमले १/१ हजार डलर शुल्क तिरेर रजिष्ट्रेशन गरेका छन। यो वर्षको प्रतियोगितामा मिडिया पार्टनरको रुपमा ग्लोब नेपाल डट कम रहेको छ।

प्रतियोगितमा प्रथम हुनेलाई ६ हजार डलर नगद पुरस्कार प्रदान गरिनेछ। यसैगरी दोश्रो हुने टीमलाई तीन हजार डलर नगद पुरस्कार प्रदान गरिने जानकारी समेत खड्काले दिएका छन्।