३० वर्षे विरुद्ध सशस्त्र प्रहरीका अधिकृत पनि पुगे सर्वोच्च

३० वर्षे विरुद्ध सशस्त्र प्रहरीका अधिकृत पनि पुगे सर्वोच्च


ग्लोब नेपाल
81
Shares

काठमाडौं । ३० वर्षे सेवा अवधि लागू नगर्न माग गर्दै नेपाल प्रहरी पछि सशस्त्र प्रहरीहरू पनि सर्वोच्च अदालत परिसर पुगेका छन । यसअघि नेपाल प्रहरीका अधिकृतहरू सर्वोच्चमा पुगेका थिए ।

प्रहरी सेवाको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृतहरू एकसाथ सर्वोच्च अदालत पुगेका थिए । आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले बुधवार (भदौ ५) मा सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै रिट दर्ता गरीएको थियो ।

ट्राफिक प्रहरी प्रमुख समेत रहेका एसएसपी जीवनकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी अधिकृतहरूले सहितले वारिसमार्फत रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले भदौ ६ गते सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले पहिलो सुनुवाइ गर्दै त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्नू नगराउनू समेत भनेको थियो । सर्वोच्चले उनीहरूको पदीय जिम्मेवारीमा परिवर्तन नगर्नू नगराउनू र प्रहरी किताब खानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

उनीहरूपछि सशस्त्रका प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीको नेतृत्वमा १२ जनाले रिटमा रिट दायर गरेका हुन् ।