टेक्सास । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको संदिग्ध हत्याराको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ। ह्युस्टन सामुदायिक कलेजमा नर्सिङ पढिरहेकी मुनाको आवासगृहमा गोली हानी हत्या भएको थियो ।
गोली चलाउने व्यक्तिको पहिचान भइ नसकेको प्रहरीले जनाएको छ । प्रहरी हिजो बुधबार उनको तस्बिर सार्वजनिक गरेको छ । प्रहरीले जारी गरेको तस्बिरमा ९ः४८ बजेको देखाइएको छ । ह्यारिस काउन्टी इन्स्टिच्युट अफ फोरेन्सिक साइन्सेजका अनुसार पाण्डेको मृत्युलाई धेरै पटक बन्दुकको गोली लागेर हत्या भएको ठहर गरिएको छ।
तस्बिरमा संदिग्ध व्यक्ति पाण्डेको आवासगृहबाट निस्केको देखिन्छ । हत्याको कारण प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । प्रहरीका अनुसार गत सोमबार बेलुका ५ः३५ बजे ६३६३ भवन समूहस्थित आवासगृहमा गोली चलेको खबर पाएपछि प्रहरी त्यहाँ पुगेको थियो थिए । उनि कोठाभित्र मृत फेला परेकी थिइन् ।
प्रतिक्रिया