काठमाडौं । नेकपा (एमाले) ले पोलिट्ब्युरो बैठक आह्वान गरेको छ । बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी भदौ १८ र १९ गते पोलिट्ब्युरो बोलाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
उनकाअनुसार पोलिट्ब्युरो बैठकमा पार्टीको ०८१ को कार्ययोजनाबारे छलफल हुनेछ । २०८४ सालसम्म सञ्चालन हुने कार्ययोजना बिहीबार सचिवालय बैठकमा पेस भएको थियो ।
त्यसलाई पोलिट्ब्युरोमा छलफल गराउने गरी १८ र १९ गते बैठक आह्वान भएको सचिव भट्टराईले बताए ।
त्यस्तै बिहीबारको सचिवालय बैठकमा पछिल्लो समय समाजमा अराजकता देखिन थालेका भन्दै त्यस्ता गतिविधिविरूद्ध आमनागरिक र पार्टी पंक्तिलाई सचेत रहन आग्रह गर्ने निर्णय गरेको उनले बताए ।
प्रतिक्रिया