केही जिल्लाका नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना

केही जिल्लाका नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना



काठमाडौं । देशका केही जिल्लाका नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र मकवानपुर भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने अनुमान छ ।