एमालेले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न सकिदैन : प्रचण्ड

एमालेले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न सकिदैन : प्रचण्ड



सुर्खेत । प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले सांसद्हरुले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न नसकिने बताएका छन् । उनले संविधानमा नै जनयुद्ध शब्द प्रयोग भएको बताए ।

अर्को प्रसङ्गमा प्रचण्डले नेतृत्व हस्तान्तरण आवश्यक नरहेको बताएका छन् । सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै उनले भने– ‘म ७० वर्ष कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनु पर्छ भन्ने छैन, प्रचण्ड अध्यक्ष भन्दा माथि भइसक्यो। एउटा राम्रो टिम बनेपछि म अर्को भूमिकामा जाने सोचिरहेको छु ।’

भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको र सो तथ्य पुष्टि हुँदै गएको दाबी गर्दै उनले गलत कार्य गर्नेलाई माओवादी केन्द्रले नछोड्ने चेतावनी दिए । ‘गलत गरे छोड्दैनौँ, यो विद्रोहको भाषा होइन’, उनले भने ।

पार्टी फुटको चर्चा गलत भएको पुष्टि भइसकेको भन्दै प्रचण्डले यो विषय एकथरी मान्छेले गलत प्रचार गर्न नियोजित रूपमा सतहमा ल्याएको बताए ।