काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् ।
आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाईएपछि असन्तुष्ट रहेका ज्ञवालीले पदबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चौथो वरियतामा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।
सरकारले सो निर्णय गरे लगत्तै वरिष्ठतामा एक नम्बरमा रहेका सचिव ज्ञवालीले राजीनामा दिएका थिए ।
सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवालीसमक्ष बुधबार नै मुख्यसचिव नियुक्त नगर्ने सन्देश पुगेको थियो । उनी आगामी २२ भदौमा अवकाशमा जाँदै थिए । सरकारले मुख्य सचिव बनाउने सम्भावितको सूचीमा उनी पहिलो दावेदार थिए ।
बिहीबारको मन्त्रिपरिषद बैठकले ज्ञवालीको राजीनामा स्वीकृत गर्दै अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो ।
प्रतिक्रिया