काठमाडौँ। रुपन्देहीको कोटहीमाई गाउँपालिकाकी एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक कर्मचारीसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी मनोहर चौधरी, मुकेश चौधरी र वडा नम्बर ३ का शैलेश पाण्डे रहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठोरले जानकारी दिए ।
(एसपी) राठोरका अनुसार घटना गत भदौ ५ गतेकै भए पनि शनिवार मात्रै प्रहरीमा उजुरी आएसँगै पक्राउ गरिएको छ । उनले पक्राउ परेका तीनै जनालाई म्याद थप गर्न अदालत पेस गरिएको छ ।
पीडितलाई रोजगारीको प्रलोभन दिएर ३ जनाले जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ ।
प्रतिक्रिया