पलेशालाई पाँच लाख रुपैयाँसहित कांग्रेसको सम्मान

पलेशालाई पाँच लाख रुपैयाँसहित कांग्रेसको सम्मान



काठमाडौं । पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले गोवर्धनलाई पाँच लाखको चेकसहित सम्मान गरेका हुन् ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते भएको के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।