जनसम्पर्क समितिको पदेन अध्यक्षबाहेक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य यथावत्

जनसम्पर्क समितिको पदेन अध्यक्षबाहेक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य यथावत्


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । कांग्रेसमा आस्था राख्ने विदेशमा रहेका नेपालीहरुको साझा संस्था नेपाली जनसम्पर्क समितिको पदेन अध्यक्षबाहेक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य यथावत रहेको नेपाली कांग्रेसले जनाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार नेपाली जनसम्पर्क समितिको अध्यक्ष बन्नका लागि नेपाली कांग्रेसको क्रियाशील सदस्य हुनैपर्ने विधानको प्रावधानलाई निलम्बन गरिएको हो ।

नेपाली जनसम्पर्क समितिको अध्यक्ष, पदाधिकारी र सदस्य चयन गर्दा नेपाली कांग्रेसको क्रियाशील सदस्य वा नेपाली जनसम्पर्क समितिका सदस्यमध्येबाट चयन हुनसक्ने स्पष्ट व्यवस्था गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली जनसम्पर्क समितिका अधयक्ष र पदाधिकारी बन्नका लागि क्रियाशील सदस्य अनिवार्य नभएपछि अध्यक्ष स्वतः महाधिवेशन हुने प्रावधान र सोसँग सम्बन्धित उपधारा निलम्बन गरिएको मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष पदेन हुनेबाहेक हाल विभिन्न देशबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य यथावत रहने विज्ञप्तिमा उल्लेख छ ।