काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
पार्टीका कार्यबहाक प्रवक्ता मनिष झाका अनुसार बैठकमा विभिन्न ९ वटा एजेन्डामा छलफलको तयारी गरिएको छ ।
समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि, राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम, रिपोर्टका साथै प्रस्तावित कार्य तालिकाबारे छलफल बैठकमा हुनेछ ।
राष्ट्रिय भेलाको हालसम्मको तयारी सबै उपसमितिद्वारा प्रस्तुत प्रतिवेदनहरू, जिल्ला भेला र जिल्ला समिति गठनबारे पनि छलफल हुने कार्यबहाक प्रवक्ता झाले जानकारी दिए ।
बैठकमा विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र त्यसउपर आवश्यक छलफल गर्ने पनि पार्टीको तयारी छ ।
प्रतिक्रिया