प्रधानमन्त्री ओली आउने भएपछि बालेनद्वारा इन्द्रजात्रा बहिष्कार

प्रधानमन्त्री ओली आउने भएपछि बालेनद्वारा इन्द्रजात्रा बहिष्कार


ग्लोब नेपाल
432
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) इन्द्रजात्रामा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री केपी ओली सहभागी हुने उक्त जात्रा छल्न बालेन भारत पुगेका छन् ।

आफूले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भन्दै बालेन बैंगलोर गएको उनको सचिवालयले जनाएको छ । मंगलबार काठमाडौंमा इन्द्रजात्रा पर्व मनाइँदै छ । जात्रामा राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुने परम्परा छ ।

ओली र बालेनबीच पछिल्लो समय सार्वजनिक रुपमै भनाभन चलिहरेको छ । ओलीले सार्वजनिक कार्यक्रममा र बालेनले फेसबुकबाट एकअर्कालाई अपमानित र गालीगलोज गर्दै आएका छन् ।