रवि लामिछानेविरुद्ध ४ वटा मुद्दा आकर्षित हुन्छ

रवि लामिछानेविरुद्ध ४ वटा मुद्दा आकर्षित हुन्छ

संगठित अपराध, सहकारी ठगी, कीर्ते र कम्पनी ऐनअन्तर्गतका कसुर



सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन अब सरकारकहाँ जान्छ, सरकारले प्रहरी कहाँ पठाउँछ । दोस्रो चरणमा प्रहरीले त्यसको अनुसन्धान प्रारम्भ गर्छ । पक्राउ गरेर अनुसन्धान गर्ने कि पक्राउ नगरी भन्ने कुरा तत्कालिन वस्तुस्थितिबाट प्रहरीले निर्धारण गर्छ ।

मेरो व्यवसायिक जीवनमा यस्ता मुद्दाहरु धेरै हेरेको कारणले अरु–अरुमा के हुन्छ म भन्न सक्दिन, पैसा अपचलन गरेको हुँदा सहकारी ठगीको मुद्दा सिधै आकर्षित हुने देखिन्छ । दोस्रो मुद्दा चाहिँ कम्पनीको रकम पनि हिनामिना भएको भन्ने यहाँ आएको छ । गोर्खा मिडिया नेटवर्कको पैसा अपचलन भएको भन्ने आएको छ । कम्पनीको रकम पनि अपचलन भएको सन्दर्भमा सम्बन्धित कम्पनीको उजुरी लिएर कम्पनी ऐन अन्तर्गतको कारबाह पनि प्रारम्भ हुन्छ ।

तेस्रो एक वा एकजनाभन्दा बढी धेरै समूह मिलेर यस्तो खालको अपराध गरेर सर्वसाधारणको पैसा गएको र त्यो पैसा यदि देश बाहिर पनि गएको भेटियो भने संगठित रुपले त्यो अपराध गरेको भन्ने निष्कर्षमा अनुसन्धान अधिकारी पुग्यो भने यसमा संगठित अपराध पनि लाग्न सक्ने देखियो ।

अर्को कृर्ते गरेको कुराहरु पनि यहाँ आएका छन् । किनभने स्वम् रवि लामिछानेजीले मेरो कुनै पनि हस्ताक्षरमा त्यो रकम गोर्खा मिडिया नेटवर्कमा आएको छैन, कस्ले ल्यायो, मलाई थाहा छैन, हिजो पनि उहाँले भन्दै हुनुहुन्थ्यो, ल्याउने कुरामा मेरो संलग्नता छैन, तर आएको रकम मैले खर्च गरेको हो । बाहिर सञ्चारमाध्यममा त प्रवन्धकले चेक नकाटेर घाँस काट्छ त भनेको पनि हामीले पढ्न पायौं, बोलेको हो कि होइन, मलाई थाहा छैन । सञ्चार माध्यममा उहाँको त्यो अभिव्यक्ति आएको छ ।

यदि त्यो रकम ल्याउन उहाँको त्यो हस्ताक्षर भएको छ कि छैन भन्ने एउटा कुरा हाे, तर उहाँको हस्ताक्षर भएको भन्ने देखिन्छ । र, त्यसमा रितपूर्वक सम्बन्धित सहकारीको सञ्चालक समितिको बैठक बसेर उहाँलाई त्यो रकम ल्याउने अख्तियारी दिएको थिएन भने सर्वसाधारणको हकमा त्यो कीर्ते मुद्दा पनि आकर्षित हुन्छ ।

नैतिक जिम्मेवारी उहाँले लिएर, प्रचलित कानुन बमोजिम के हुन्छ अब म त्यो सहन बुझाउन तयार छु, मैले नजानी नजानी यस्तो भएछ, भन्नेतिर चाहिँ उहाँ लाग्नु भएको थियो भने राम्रो हुन्थ्यो । हामीले सुझाव दिने हो, बाँकी कुरा उहाँकै मर्जी ।

संगठित अपराध, सहकारी ठगी, कीर्ते र कम्पनी ऐनअन्तर्गतका कसुरहरुमा सर्वसाधारणका लागि आकर्षित हुन्थे । यस प्रकृतिका मुद्दा लागेका सयौं मानिसहरु अहिले जेलमा बसेका छन् । यो प्रतिवेदन सम्बन्धित अनुसन्धान अधिकारीमा गएपछि अनुसन्धान अधिकारीले के–के देख्छ, त्यो प्रतिवेदनका आधारमा र कुन कुन मुद्दा लगाउँछ भन्ने चाहिँ अनुसन्धान अधिकारी अर्थात् नेपाल प्रहरीको अनुसन्धानमै निर्भर रहन्छ ।

सहकारीको पैसा गोर्खा मिडियामा आएको कुरा रवि लामिछानेले स्वीकार गर्नुभएको छ । आएको रकम चेक काटेर कर्मचारीलगायत अरुलाई तलब बाँडेको, खर्च गरेको, आफूले पनि महिनाको ५ लाख रुपैयाँ लिएको उहाँले स्वीकार गर्नुभएको छ । श्रोत के हो भन्दा त्यो सहकारीको पैसा हो । सर्वसाधारणले जम्मा गरेको सहकारी सदस्यहरुको पैसा हो । त्यसैले कहाँबाट आयो मलाई थाहा छैन, मैले खर्च गरे भन्ने हो भने हामी बहस गर्दा पनि वा हाम्रो परम्परागत रुपमा के भनिन्छ भने– कसैले कुनै सामान चोरीको हो भन्ने कुरा थाहा पाएर पनि त्यो सामान प्रयोग ग¥यो भने त्यो सामान प्रयोग गर्नेलाई पनि चोरसरह अपराध लाग्छ ।

त्यो पैसा सहकारीको हो भन्ने कुरा रवि लामिछानेले स्वीकार गर्नुभएको छ । सहकारीको पैसा गैरसदस्य भन्दा बाहेकलाई त्यसरी आउनै सक्दैन । गोर्खा मिडिया नेटवर्क सहकारीको सदस्य होइन, त्यसैले त्यो पैसा एकछिनका लागि कसैले चोरेर ल्याएको रहेछ भने त्यो चोरेर ल्याएको पैसा थाहा पाएर त्यो उपयोग गर्ने, त्यसबाट मैले सामान किने, टिभी, घरघडेरी किन, तलब खाएँ, म चाहिँ दोषी छैन भन्यो भने त्यो स्वाउने, बुझिने कुरा होइन ।

त्यसो भन्नुभर्दा रवि लामिछाने एउटा जिम्मेवार मान्छे हुनुहुन्छ, युवा पुस्ताको राजनीतिज्ञ हुनुहुन्छ, छोटै समयमा जनताले उहाँलाई पत्याए । बरु त्यो सम्पूर्ण नैतिक जिम्मेवारी म लिन्छु र प्रचलित कानुन बमोजिमको कारबाही के हुन्छ म भोग्न तयार छु भन्नुभयो भने चाहिँ विश्वास लायक हुन्छ ।

गोर्खा मिडियामा पैसा कताबाट आयो, थाहा छैन, मैले खर्च गरेको हो, चेक काट्न नकाटेर घाँस काट्ने हो भन्दै हिड्नु भयो भने चाहिँ यो सार्वजनिक जवाफदेहिता पनि भएन, यो नैतिकता अनुकूलको कुरा पनि भएन । र, जिम्मेवार राजनीतिज्ञले यस ढंगले पन्छिन पनि मिल्दैन । त्यसैले नैतिक जिम्मेवारी उहाँले लिएर, प्रचलित कानुन बमोजिम के हुन्छ अब म त्यो सहन बुझाउन तयार छु, मैले नजानी नजानी यस्तो भएछ, भन्नेतिर चाहिँ उहाँ लाग्नु भएको थियो भने राम्रो हुन्थ्यो । हामीले सुझाव दिने हो, बाँकी कुरा उहाँकै मर्जी ।
अडियो कुराकानीमा आधारित