मेयर बालेनका समर्थकलाई दरबारमार्गमा धुलाई

मेयर बालेनका समर्थकलाई दरबारमार्गमा धुलाई


ग्लोब नेपाल
540
Shares

काठमाडौं । काठमाडौंको दरबारमार्गमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थक कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका उनलाई युवाहरुको अर्को समूहले कुटपिट गरेको हो ।

दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा ती युवकले ‘बालेन बालेन ’ भनेर नारा लगाउन थालेपछि दुई पक्षबीच झडप भएको हो ।

ती युवकलाई करिव पाँच जना युवाको समुहले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन । कुटपिट लगत्तै युवाहरु भागेका छन् । संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन् ।

कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायतको प्रस्तुती रहने बताइएको छ । सो कन्सर्टमा प्रधानमन्त्री केपी ओली समेत साँझ सहभागी हुने प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले जानकारी दिएको छ ।