साइबर ब्युरो र अदालतबाहिरबाट दुर्गा प्रसाईंका ५ जना समर्थक पक्राउ

साइबर ब्युरो र अदालतबाहिरबाट दुर्गा प्रसाईंका ५ जना समर्थक पक्राउ



काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईं पक्राउ परेको विरोधमा उत्रिएका ५ जना समर्थक पक्राउ परेका छन् ।

भोटाहिटीस्थित साइबर ब्युरोबाट २ जना र काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट ३ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

ब्युरोले आइतबार अपरान्ह प्रसाईलाई पक्राउ गरेको थियो ।

एक महिलाले आफ्नो चरित्र हत्या गरेको भन्दै प्रसाई र दुई जना युट्युबरविरुद्ध जाहेरी दिएकी थिइन् ।

प्रहरीले युट्युबरलाई भने पक्राउ गरेको छैन ।