ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई विमानस्थलमा भव्य स्वागत

ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई विमानस्थलमा भव्य स्वागत



काठमाडौं । नेपालका लागि ऐतिहासिक पदक विजेता कराँते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

आज बिहान काठमाण्डौ आइपुगेकी गुरुङलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामा, खेल पदाधिकारी, शुभेच्छुकहरूले स्वागत गरे ।

एरिका गुरुङलाई ब्यान्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरिएको थियो । उनलाई फूल र बेलुनले सजिएको प्रहरीको भ्यानमा राखेर गन्तव्यतर्फ लगिएको थियो ।

एरिकाले चीनमा भएको २०औं एशिया सिनियर कराँते च्याम्पियनशिपमा महिला ६८ केजीमाथिको प्रतिस्पर्धामा रजत पदक जितेकी थिइन् । एशियन च्याम्पियनशिपको सिनियरतर्फ नेपालले जितेको यो पहिलो पदक हो ।

एरिका स्वर्ण पदकको प्रतिस्पर्धामा भने भियतनामकी नाखोन थी नुयेनसँग पराजित भइन् ।