लुम्बिनी विकास कोषका पदाधिकारीमाथि भुक्तानी नपाएपछि निर्माण व्यवसायीबाट हातपात

लुम्बिनी विकास कोषका पदाधिकारीमाथि भुक्तानी नपाएपछि निर्माण व्यवसायीबाट हातपात


ग्लोब नेपाल
702
Shares

काठमाडौं । लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले हातपात गरेका छन । आज मंगलबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्याक्रम भइरहेको बेला ठेकदारहरूको एक समूह होल्ला गर्दै हातपात गरेका हुन् ।

उनीहरूले कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यलाई हातपात गरेका हुन् । आक्रमणबाट सदस्य सचिव शाक्यको मुखमा चोट लागेको कोषका प्रेस संयोजक विनोद परियारले जानकारी दिएका छन् ।

केही दिनदेखि गुरूयोजनाको कामको भुक्तानी नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरी समाधान गर्न लागिरहेको बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले जानकारी बताएका छन् ।

उनले आफूमाथि ज्यान नै असुरक्षित हुने गरी आक्रमण भएकाले सुरक्षाको माग गरे । समितिका सभापतिमा सोनाम गेल्जेन शेर्पाकै अगाडि आक्रमण भएको हो। बैठक चलिरहेकै बेला आक्रमण भएको छ।