पसलबाट ठगिए ११८० मा फोन गर्न मेयर बालेनको आग्रह

पसलबाट ठगिए ११८० मा फोन गर्न मेयर बालेनको आग्रह


ग्लोब नेपाल
270
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो क्षेत्रभित्रका खुद्रा तथा थोक बिक्रेतालाई ४ बुँदे निर्देशन दिएका छन् ।

साहले पसलको अग्रभागमा सबैले देख्ने गरी मूल्य सूची टाँस्न निर्देशन दिएका हुन् । मूल्य सूचीमा अङ्कित अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री वितरण नगर्न भन्दै उनले यदि त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् ।

उपभोग गर्ने अवधि बाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्न र खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि बालेन्द्रले निर्देशन दिए ।

उनले बजार अनुगमन गरिने र अनुगमनका क्रममा माथि उल्लिखित अवस्थाविपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।

स्वच्छ, गुणस्तरीय तथा सुपथ सामान प्राप्त गर्न सबै उपभोक्ताहरूलाई उल्लेख गरिएको अवस्था जाँचेर मात्र सामान, वस्तु तथा सेवा खरिद गर्न बालेन्द्रले आग्रह गरेका छन् ।

उनले ठगिएको अवस्थामा उजुरीका टोल फ्रि नम्बर ११८० मा सम्पर्क गर्न आग्रह गरेका छन् ।