रास्वपाको पत्रकार सम्मेलन अपरान्ह ४ बजे

रास्वपाको पत्रकार सम्मेलन अपरान्ह ४ बजे


ग्लोब नेपाल
108
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पत्रकार सम्मेलन गर्दै छ । अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा चीन भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने जनाइएको छ ।

सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि लामिछानेलाई पनि सरकारले पक्राउ गर्न थालेको समाचार बाहिरिएपछि रास्वपा तरंगित भएको छ ।