अमेरिकाको फ्लोरिडा राज्यमा हेलेन आँधीले जनजीवन प्रभावित

अमेरिकाको फ्लोरिडा राज्यमा हेलेन आँधीले जनजीवन प्रभावित



फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्य अहिले हेलेन नामको आँधीको जोखिममा रहेको छ । यो आँधी अहिले उत्तरी फ्लोरिडातर्फ आइरहेको बीबीसीले जनाएको छ । आँधीको शुरुआतमै पहिरो जाँदा एक जनाको ज्यान गएकाे छ ।

मेक्सिको खाडीबाट आउने यो आँधी अत्यन्त शक्तिशाली हो । यसले फ्लोरिडा, वाशिङ्टन डीसी र इन्डियानामा समेत प्रभाव पार्न सक्ने अनुमान रहेको छ । फ्लोरिडामा यो जमिनबाट २० फिट माथिसम्म उठ्न सक्ने खबरमा उल्लेख छ ।

हेलेन आँधीका कारण विद्यालय र पसल बन्द भइसकेका छन् । यसले ऊर्जा सङ्कटसमेत ल्याउन सक्ने चेतावनी दिइएको छ । फ्लोरिडामा झन्डै तीन लाख जना मानिस बिजुलीबिना अँध्यारोमा बसेका छन् । फ्लोरिडामा प्रशासनले सबैलाई घरमा सुरक्षित भएर बस्न सचेत गराएको छ ।

विज्ञले आँधीको गति १ सय ८० किलोमिटर प्रतिघन्टासम्म हुन सक्ने चेतावनी दिएका छन् । अहिले त्यहाँको मौसम विभागले धेरै ठाउँमा प्रभाव पार्न सक्ने चेतावनी दिएकाे छ । हेलेन आइपुग्नु अगाडि फ्लोरिडामा वर्षाले जनजीवन प्रभावित पारेको छ ।