चीनको ग्वाङझाउबाट काठमाडौं आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’

चीनको ग्वाङझाउबाट काठमाडौं आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’



काठमाडौं । चीनको ग्वाङझाउबाट काठमाडौं आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’ भएको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि अनुकूल नहुँदा चाइना साउदर्न एयरलाइन्सको विमान सर्लाहीको नजिकै पर्ने भारतीय क्षेत्रमा ‘होल्ड’ भएको हो ।

अर्कोतिर भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमान पनि बाराकै आकाशमा लामो समयदेखि ‘होल्ड’ भएको छ ।

यस्तै, बैंककबाट काठमाडौं आउँदै गरेको थाइ एयरवेजको विमान पनि बारा जिल्लातिर ‘होल्ड’ भएको छ । उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तयारी भए पनि ‘मिस एप्रोच’ भएर फर्किएको हो ।