लेदोसहित पहिरोले नागढुंगा सुरूङमार्ग नजिकै पृथ्वी राजमार्ग अवरूद्ध

लेदोसहित पहिरोले नागढुंगा सुरूङमार्ग नजिकै पृथ्वी राजमार्ग अवरूद्ध



काठमाडौं । लेदोसहित पहिरोले पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ ।

सुरूङमार्ग नजिकै लेदोसहित पहिरोले शुक्रबार दिउँसो सडक अवरूद्ध हुँदा काठमाडौं प्रवेश गर्ने र बाहिने सवारी साधन रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार लेदो र माटोसहितको झरेसँगै अहिले सडक दुवैतर्फ अवरूद्ध बनेको छ ।

घटनास्थलमा प्रहरी परिचालन गरिएका छन् । पानी निरन्तर परिरहेको हुँदा पहिरो पन्छ्याउन पनि समय लाग्ने प्रहरीले बताएकाे छ ।