जितपछि लिभरपुल लिगको शीर्ष स्थानमा उक्लियो

जितपछि लिभरपुल लिगको शीर्ष स्थानमा उक्लियो


ग्लोब नेपाल
81
Shares

लन्डन । लिभरपुल इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा इब्राहिमा कोन्टे र मोहमद सलाहले एक एक गोल गरेका थिए । त्यसैगरी वोल्भ्सका लागि रयान एट नोउरीले एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुल ६ खेलमा १५ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै वोल्भ्सको भने यस सिजनमा यो पाँचौ हार हो । यो हारपछि वोल्भ्सको ६ खेलमा एक अंकसहित पुछारमा रहेको छ ।

पाल्मरको चार गोलमा चेल्सी विजयी

चेल्सीले ब्राइटनमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए । पाल्मरले २० मिनेटमा चार गोल गरेर चेल्सीलाई सहज जित दिलाएका थिए ।

त्यसैगरी ब्राइटनका लागि जर्जिनियो रोटर र कार्लोस बालेबाले एक एक गोल गरेका थिए । यो जितपछि चेल्सीको ६ खेलमा १३ अंक भएको छ भने ब्राइटनको ६ खेलमा ९ अंक रहेको छ ।