हानी सिंहको अभिनेत्री हीरा सोहलसँग अफ्येर्स

हानी सिंहको अभिनेत्री हीरा सोहलसँग अफ्येर्स


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । भारतका चर्चित र्‍यापर यो यो हनी सिंहले अभिनेत्री हीरा सोहलसँगको प्रेम सम्बन्धलाई अफिसियल गरेका छन् ।

अबु धाबीमा आयोजित आइफा अवार्ड २०२४ को ग्रीन कार्पेटमा हानी सिंहले प्रेमिका हीरासँग पोज दिएका थिए । यस क्रममा दुवैको अनुहारमा मिठो मुस्कान पनि देखियो । 

हानी सिंहले हिरालाई केही समयदेखि डेट गरिरहेको बताइएको छ । र, दुवैले एकअर्काको हात समातेर आफ्नो सम्बन्धलाई औपचारिकता दिएका छन् । हीराले हानी सिंहसँग पोज दिन हिचकिचाइरहेकी थिइन् तर पछि उनको हात समातेर तस्विरको लागि पोज दिएकी थिइन् । यस क्रममा पापाराजीले जोडीलाई जिस्क्याएका थिए ।

हनी सिंहको पहिलो विवाह शालिनी तलवारसँग भएको थियो तर विवाहको ११ वर्षपछि सन् २०२२ मा उनीहरुले सम्बन्धविच्छेद गरेका थिए । यसपछि हानी सिंहले अभिनेत्री टीना थडानीसँग डेट गरे तर त्यो सम्बन्ध पनि लामो समय टिक्न सकेन र २०२३ मा दुवै अलग भएका थिए । हानी सिंह र हीराको प्रेम सम्बन्धको चर्चा चलिरहेपनि सार्बजनिक रुपमा एक साथ देखिएको यो पहिलो पटक हो ।