लापरबाही गरेको आरोपमा हटाइए काभ्रे र धादिङका सिडिओ

लापरबाही गरेको आरोपमा हटाइए काभ्रे र धादिङका सिडिओ


ग्लोब नेपाल
108
Shares

काठमाडौं । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी हटाएको छ । बाढीपहिरो र डुबानको प्रकोपमा उद्धारमा हेल्चेक्राईं गरेको भन्दै धादिङका सिडिओ राजेन्द्रदेव पाण्डे र काभ्रेका सिडिओ सूर्य प्रसाद सेढाइँलाई गृहमन्त्रालय तानिएको हो ।

गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारीका रुपमा पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना भए पनि सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष रहेको प्रवक्ता तिवारीले बताए ।

नौबिसे-नागढुंगा सडक खण्डको झ्याप्ले खोलामा पहिरोले चारवटा सवारी साधन पुरिंदा ३५ र काभ्रेमा ५० जनाको मृत्यु भएको छ ।