बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक

बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक



काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०८० सालमा लिएको स्नातक तह बीबीएस प्रथम वर्षको नतिजा प्रकाशन गरेको छ । २०८० सालको असोजमा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिनेछ । तर, नतिजा प्रकाशन भएसलगत्तै वेबसाइट नै डाउन भएको छ ।

परीक्षा लिएको एक वर्षपछि नजिता प्रकाशन गरेको हो । त्रिविले परीक्षा भएको ९० दिनभित्रमा नतिजा प्रकाशन गरिसक्ने नीति ल्याएको छ । तर, बीबीएस प्रथम वर्षमा परीक्षा दिने विद्यार्थी धेरै भएकाेले नतिजा प्रकाशनमा ढिलाइ भएको कार्यालयले जनाएको छ ।