बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २०९ पुग्यो, २९ जना अझै बेपत्ता

बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २०९ पुग्यो, २९ जना अझै बेपत्ता



काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।

गृहमन्त्रालयका अनुसार सोमबार साँझसम्म २०९ जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, २९ जना अझै बेपत्ता छन् भने बाढीपहिरोबाट उद्धार गरिएका १४२ जना घाइते रहेका छन् ।

अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुली लगायतका जिल्लाबाट हेलिकप्टरमा ७१३ भन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कुल ४ हजारभन्दा बढीको उद्धार गरिएको छ ।