एभरेष्ट महिला भलिबल लिगमा आज ३ खेल हुँदै

एभरेष्ट महिला भलिबल लिगमा आज ३ खेल हुँदै


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चितवन शक्तिले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । राति सम्पन्न खेलमा चितवनले गण्डकीलाई ३-१ को सेटले पराजित गरेको हो ।

चितवनले पहिलो सेट २५-२२ ले जितेको थियो भने गण्डकीले दोस्रो सेट २५-१९ ले जितेको थियो । त्यसपछि चितवनले शानदार कमब्याक गर्दै तेस्रो सेट २५-२३ र चौथो सेट २५-१८ ले जितेको थियो ।

यस खेलमा उत्कृष्ट प्रदर्शन गरेकी चितवनकी सलिना बुढा मगर खेलको प्लेयर अफ द म्याच बनेकी थिइन् । यस अघि सोमबार ललितपुर र कर्णालीले आ-आफ्नो खेल जितेका थिए ।

लिगमा आज पनि तीन खेल हुदै छन् । जस अन्तर्गत पहिलो खेल गण्डकी र कर्णालीबीच अपराहन्न ३; ४५ बजेदेखि हुने छ भने दोस्रो खेल काठमाडौँ र चितवनवीच ५: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै तेस्रो खेल ललितपुर र मधेशबीच ७: ४५ बजेदेखि शुरु हुने छ ।