आज नेपाल र क्यानडा भिड्दै

आज नेपाल र क्यानडा भिड्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपालले आज क्यानडासँग दोस्रो खेल खेल्दैछ।

खेल क्यानडाको किंग सिटीमा आज राति पौने १० बजे सुरु हुनेछ । क्यानडाविरुद्धको पहिलो खेलमा नेपाल १४ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले ओमानविरुद्ध ३७ रनको जित निकालेको थियो।

हिजो भएको खेलमा घरेलु टोली क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो। त्रिकोणात्मक सिरिजमा नेपालले भोलि ओमानसँग प्रतिस्पर्धा गर्नेछ।