एभरेस्ट महिला भलिबल लिग : आज तीन खेल हुँदै

एभरेस्ट महिला भलिबल लिग : आज तीन खेल हुँदै



काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा आज पनि तीन वटा खेल हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे ललितपुी क्विन्स र कर्णाली यश्विस खेल्दैछन् ।

त्यस्तै बेलुका पौने ६ बजे काठमाडौं स्पाइकर्स र गण्डकी थन्डर्स तथा राति पौने ८ बजे चितवन शक्ति र मधेश युनाइटेड खेल्ने छन् । हिजो भएका खेलमा ललितपुरले मधेशलाई र कर्णालीले गण्डकीलाई हराउँदै लगातार दोस्रो जित निकालेका छन् । त्यस्तै काठमाडौंले चितवनलाई हराएर पहिलो जीत निकालेको छ ।

नेपालको पहिलो फ्रेन्चाइज भलिबल लिगमा सहभागी ६ टोलीले एकअर्कासँग खेलेपछि अंक तालिकाका शीर्ष दुई टोलीले असोज १९ गते फाइनल खेल्नेछन् ।