महिला भलिबलमा कर्णालीले ललितपुरलाई हरायो

महिला भलिबलमा कर्णालीले ललितपुरलाई हरायो



काठमाडौं । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत कर्णाली यशविसले लगातार तेस्रो जित हासिल गरेको छ ।

कर्णालीले बुधबार सम्पन्न खेलमा ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गर्‍याे । कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट पनि २५-२२ र तेस्रो सेट २९-२७ ले जितेको हाे ।

त्यस्तै ललितपुरले भने तेस्रो खेलमा पहिलो हार बेहोरेको छ ।