तल्लोबाटो अमेरिका हिंडेका नेपालीसहित ६ को मेक्सिकन सेनाको गोली लागी मृत्यु

तल्लोबाटो अमेरिका हिंडेका नेपालीसहित ६ को मेक्सिकन सेनाको गोली लागी मृत्यु


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । तल्लोबाटो अमेरिका जान लागेका नेपालीसहित ६ जना मेक्सिकन सेनाबाट मारिएका छन् । मारिनेमा नेपाल, भारत र पाकिस्तानी नागरिक छन् । अरु १२ जना घाइते भएका छन् । ट्रकमा सवार अरु १७ जना सकुशल रहेको जनाइएको छ ।

ट्रकमा चढेर अवैध रुपमा अमेरिका जाने क्रममा लागि ट्रकमा ग्वाटेमालाको सीमा क्षेत्रमा उनीहरुलाई मेक्सिकन सेनाले गोली हानेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपी न्यूजले जनाएको छ ।

हिन्दुस्तान टाइम्सले मेक्सिकोको रक्षा विभाग स्रोतलाई हवाला दिंदै समाचार लेखेको छ । आप्रवासीहरूसंग हतियार बोकेको आशंकामा गोली चलाउएको सेनाले जनाएको छ ।