दशैं अगाडि बीपी राजमार्ग खुल्ने अवस्था छैन : भौतिक पूर्वाधार मन्त्रालय

दशैं अगाडि बीपी राजमार्ग खुल्ने अवस्था छैन : भौतिक पूर्वाधार मन्त्रालय



काठमाडौं । । भौतिक पूर्वाधार मन्त्रालयले पूर्वी जिल्ला आवतजावत गर्ने बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ ।

मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट बीपी राजमार्गकाे निरीक्षणमा गएको थियो ।

त्यसपछि बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा मन्त्रालय पुगेकाे जानकारी दिए ।

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चौकीडाँडादेखि सिन्धुलीको सुनकोसी गाउँपालिकाको सिमाना नेपालथोकसम्म झण्डै ९० प्रतिशत सडक क्षतबिक्षत छ ।

चौकीडाँडामा करिब १५० मिटर सडक पूरै खोलाले कटान गरेको छ । बिपी राजमार्ग प्रयोग गरेर कोशी प्रदेशको सबै जिल्ला, मधेस प्रदेशको अधिकांश जिल्ला जाने सवारीसाधनले अहिले पृथ्वीराजमार्ग प्रयोग गरिरहेका छन् ।