सुनको मुल्यमा नयाँ कीर्तिमान

सुनको मुल्यमा नयाँ कीर्तिमान


ग्लोब नेपाल
270
Shares

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस अघि असोज ११ गते सुनको मुल्य एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार भने सुनको मूल्य एक लाख ६० हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मुल्य ३ रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।