एनआरएनएले आइतबारबाट बाढी पहिरो पीडितलाई राहत वितरण गर्ने

एनआरएनएले आइतबारबाट बाढी पहिरो पीडितलाई राहत वितरण गर्ने


ग्लोब नेपाल
108
Shares

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतवारदेखि बाढी पहिरो पीडितलाई राहत वितरण गर्ने भएको छ ।

गत हप्ताको भीषण वर्षा पश्चात आएको ठूलो बाढीपहिरोल नेपालमा व्यापक मानवीय र धनजनको क्षति पुगेपछि गैरआवासीय नेपाली संघले भोलि ६ अक्टोबर (आइतवार) बाट राहत वितरण गर्ने भएको संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सीनाले जानकारी दिए ।

संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा काठमाडौ उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रमा खटिने निर्णय गरेको हो । बैठकमा मकवानपुरका सविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी समेतको अतिथि उपस्थिति रहेको थियो ।

एनआरएनएले अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा काठमाडौको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्र सरोबर गाउँपालिकबाट पहिलो चरणमा राहत वितरण सुरु गर्ने भएको छ ।

यसअघि गैरआवासीय नेपाली संघले १ करोड बराबरको राहत वितरण गर्ने निर्णय गरेको थियो । सो अभियानमा एनआरएनए यूकेले १५ लाख रुपैयाको सहयोग गर्ने घोषणा गरेको थियो ।